फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो: १८ सय बढी नाबालिगसहित २ हजार पक्राउ, ५६० विद्यालय प्रभावित
2026-10-02

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो: १८ सय बढी नाबालिगसहित २ हजार पक्राउ, ५६० विद्यालय प्रभावित
पेरिस। फ्रान्समा विद्यालयका विद्यार्थीहरूले सुरु गरेको आन्दोलन थप हिंसात्मक र तनावपूर्ण बन्दै गएको छ। शुक्रबार देशका विभिन्न उच्च माध्यमिक विद्यालय बाहिर व्यापक आगजनी, बाटो अवरोध र प्रहरीसँग झडप भएपछि स्थिति नियन्त्रण बाहिर पुगेको छ।
गत सातादेखि सुरु भएको यो आन्दोलनका कारण देशभरका ५६० भन्दा बढी उच्च माध्यमिक विद्यालयहरूको पठनपाठन पूर्ण तथा आंशिक रूपमा ठप्प भएको फ्रान्सेली शिक्षा मन्त्रालयले जनाएको छ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको अभियानका क्रममा हालसम्म करिब २ हजार जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरूमा ९० प्रतिशतभन्दा बढी (१८ सयभन्दा बढी) नाबालिग विद्यार्थी रहेका छन्।
झडप र हिंसाका कारण मानवीय तथा भौतिक क्षति समेत उच्च छ। आन्दोलनका क्रममा ४० जना प्रधानाध्यापकसहित ६५ जना विद्यालय कर्मचारी र करिब १७० जना विद्यार्थी घाइते भएका छन्। त्यसैगरी, आगजनी र तोडफोडका कारण १०० भन्दा बढी विद्यालयका भवन तथा भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ।
विद्यार्थीहरूले विद्यालयहरूमा शिक्षकको कमी, क्षमताभन्दा बढी भिडभाड र जिर्ण पूर्वाधारको विरोध गर्दै प्रदर्शन जारी राखेका हुन्। सरकार र शिक्षा मन्त्रालयले विद्यार्थीहरूलाई शान्त रहन र वार्ताबाट समस्याको समाधान खोज्न अपिल गरिरहेका छन्।

English