The Highlights NepalEnglish
राजनीति

नेपाली कांग्रेस १५औँ महाधिवेशन: रामरुप कुर्मीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

2026-10-02
नेपाली कांग्रेस १५औँ महाधिवेशन: रामरुप कुर्मीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला पर्साका पुराना तथा निष्ठावान् नेता रामरुप प्रसाद कुर्मीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले मधेसी कोटाबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

​यसअघि पनि विशेष महाधिवेशनमार्फत केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका नेता कुर्मीले पार्टी संगठन सुदृढीकरण र मधेशको अधिकारका लागि निरन्तर काम गर्दै आएका छन्। हालै सम्पन्न क्षेत्रीय अधिवेशन र सांगठनिक गतिविधिहरू पश्चात् उनले १५औँ महाधिवेशनमा पुनः नेतृत्व तहमा पुगेर मधेसी समुदाय तथा समग्र पार्टीका एजेन्डालाई सशक्तरूपमा उठाउने प्रतिबद्धता जनाएका छन्।

​नेता कुर्मीको उम्मेदवारी घोषणासँगै पर्सा तथा मधेश प्रदेशका कांग्रेस वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ।
सेयर गर्नुहोस्:
Facebook