The Highlights Nepalनेपाली
National

लुम्बिनी बौद्ध विश्वविद्यालयमा शैक्षिक अनियमितता भएको भन्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र

2026-10-02
लुम्बिनी बौद्ध विश्वविद्यालयमा शैक्षिक अनियमितता भएको भन्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र
लुम्बिनी बौद्ध विश्वविद्यालयमा व्यापक प्रशासनिक ढिलासुस्ती, विवादास्पद निर्णयहरू तथा आर्थिक एवं शैक्षणिक अनियमितता बढेको भन्दै 'लुम्बिनी बचाउ महाअभियान' ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षण-पत्र/ज्ञापनपत्र बुझाएको छ।
​ज्ञापनपत्रमा उठाइएका मुख्य माग तथा मुद्दाहरू:
​पारदर्शिता र सुशासन: विश्वविद्यालयमा भएका सम्पूर्ण प्रशासनिक र आर्थिक निर्णयहरू आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरी पारदर्शिता कायम गरिनुपर्ने।
​सार्वजनिक प्राज्ञिक संस्थाको रूपमा विकास: विश्वविद्यालयलाई कुनै व्यक्ति वा सीमित समूहको हितमा सीमित नराखी राष्ट्रिय महत्त्वको सार्वजनिक प्राज्ञिक संस्थाका रूपमा अघि बढाउनुपर्ने।
​स्थानीय तथा बौद्ध संघसंस्थासँग सहकार्य: विश्वविद्यालयको विकासका लागि स्थानीय समुदाय, पर्यटन व्यवसायी, र बौद्ध संघसंस्थाहरूसँग सहकार्य बढाउनुपर्ने।
​शैक्षणिक र प्रशासनिक सुधार: भइरहेका प्रशासनिक ढिलासुस्ती तथा विवादास्पद निर्णयहरूमाथि छानबिन गरी शैक्षिक वातावरण सुधार गर्नुपर्ने।
​शिक्षामन्त्रीको निर्देशन:
विश्वविद्यालय अवलोकनका क्रममा शिक्षा तथा खेलकुदमन्त्रीले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई यसको मूल उद्देश्यअनुरूप बौद्ध दर्शन, संस्कृति र अनुसन्धानमा केन्द्रित भई विशिष्ट पहिचान कायम गर्न निर्देशन दिनुभएको छ। अन्य साधारण विषयका शैक्षिक कार्यक्रमहरू भने सम्बन्धित विशेषज्ञता भएका अन्य विश्वविद्यालयहरूमार्फत सञ्चालन गराउने सरकारको योजना रहेको स्पष्ट पारिएको छ