बिन्दबासिनी माई मेला समिति गठनमा सहमति नजुटेपछि व्यवस्थापन समितिलाई जिम्मेवारी
2026-10-02

बिन्दबासिनी माई मेला समिति गठनमा सहमति नजुटेपछि व्यवस्थापन समितिलाई जिम्मेवारी
बिन्दबासिनी, पर्सा — बिन्दबासिनी माई मेला समितिको अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि मेला सञ्चालनको सम्पूर्ण जिम्मेवारी व्यवस्थापन समितिलाई सुम्पिएको छ।
मिति २०८३/०६/०८ गते बसेको मेला समितिको बैठकमा अध्यक्ष पदका लागि ४ जना दाबेदारहरू—सुधिर यादव, दिपेन्द्र राय, बिनोद यादव, र राजा राम यादव बीच सहमति जुटाउने प्रयास गरिएको थियो। त्यसपछि मिति २०८३/०६/१५ गते पुनः बसेको बैठकमा पनि उक्त ४ जनाको नाममा सहमति कायम हुन नसकेपछि गाउँ समाजको छलफल र निर्णय बमोजिम ती सबै नामहरू खारेज गरिएको छ।
बैठकले सहमति जुट्न नसकेकाले मेलाको व्यवस्थापन, रेखदेख र सञ्चालनको सम्पूर्ण जिम्मेवारी व्यवस्थापन समितिलाई नै सुम्पिने सर्वसम्मत निर्णय गरेको छ।

English