The Highlights Nepalनेपाली
National

लुम्बिनी लायन्सको होम ग्राउण्ड ‘एक्स्ट्राटेक ओभल’ मैदान अभ्यासका लागि तयार

2026-10-02
लुम्बिनी लायन्सको होम ग्राउण्ड ‘एक्स्ट्राटेक ओभल’ मैदान अभ्यासका लागि तयार
लुम्बिनी लायन्सको होम ग्राउण्ड ‘एक्स्ट्राटेक ओभल’ मैदान अभ्यासका लागि तयार
रूपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल इन्टरनेसनल क्रिकेट स्टेडियम नेपाल प्रिमियर लिग (NPL) को टोली लुम्बिनी लायन्सको आधिकारिक होम ग्राउण्डका रूपमा प्रयोग हुने गरी तयार भएको छ। टोलीको बन्द सत्र (Closed Camp), खेलाडीहरूको तयारी तथा नियमित अभ्यास खेलहरू सञ्चालनका लागि मैदान, पिच र फ्लडलाइटसहितको पूर्वाधार पूर्ण रूपमा तयार पारिएको छ।
लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभल मैदानबीच टोलीको ट्रेनिङ, अभ्यास म्याच तथा क्रिकेट प्रवर्द्धनका लागि दीर्घकालीन सम्झौता भएको छ। निजी क्षेत्रको लगानीमा निर्माण भएको यस मैदानमा आधुनिक पिच, हाइ-मास्ट फ्लडलाइट तथा अन्तर्राष्ट्रिय स्तरको ड्रेनआउट सुविधा उपलब्ध गराइएको छ। NPL को तयारीका साथै स्थानीय स्तरका क्षेत्रीय र राष्ट्रिय प्रतियोगिताहरू सञ्चालनका लागि पनि यो मैदान निरन्तर प्रयोगमा ल्याइएको छ।
यो मैदान तयार भएसँगै लुम्बिनी प्रदेशमा व्यावसायिक क्रिकेट वातावरण सुधार हुनुका साथै लुम्बिनी लायन्सलाई आफ्नै गृह मैदानमा अभ्यास गर्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।