लिंग परिवर्तनको विषयमा विवाद: लखनउमा १७ वर्षीय किशोरद्वारा आमाको हत्या
2026-10-02

मुख्य समाचार)
भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एक स्तब्ध पार्ने घटना सार्वजनिक भएको छ। लखनउको नाका हिंडोला क्षेत्रमा लिंग परिवर्तन (Gender-Affirming Surgery) गराउने विषयमा घरायसी विवाद हुँदा १७ वर्षीय एक किशोरले आफ्नै ४२ वर्षीया आमाको फलामको रेन्च प्रहार गरी हत्या गरेका छन्।
प्रहरीका अनुसार ती किशोर विगत केही वर्षदेखि 'जेन्डर डिस्फोरिया' (Gender Dysphoria) र मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट गुज्रिरहेका थिए। उनी केटी बन्न चाहन्थे र लिंग परिवर्तनको शल्यक्रिया गराउने अडानमा थिए। तर, उनकी आमाले शल्यक्रियाको सट्टा चिकित्सक तथा मनोविद्को परामर्श लिन आग्रह गर्दै आएकी थिइन्।
सोही विषयलाई लिएर दुवै जनाबीच तीव्र भनाभन भएको थियो। आक्रोशमा आएका किशोरले घरमा रहेको फलामको रेन्चले आमाको टाउकोमा अन्धधुन्ध प्रहार गरे, जसका कारण उनको घटनास्थलमै मृत्यु भयो।
हत्यापछि ती किशोरले आफैं प्रहरी नियन्त्रण कक्षमा फोन गरेर घटनाबारे जानकारी दिएका थिए। सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले रगतले लतपतिएको अवस्थामा शव बरामद गर्नुका साथै किशोरलाई नियन्त्रणमा लिएको छ।
अनुसन्धानका क्रममा किशोरले अपराध गर्नुअघि AI टुल (ChatGPT) मार्फत नाबालिगले अपराध गर्दा हुने कानुनी सजायबारे समेत इन्टरनेटमा खोजी गरेको खुलासा भएको छ। हाल प्रहरीले घटनामा प्रयोग भएको हतियार जफत गरी शवलाई पोष्टमार्टमका लागि पठाएको छ भने किशोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

English